गोरखा । गोरखामा स्ववियु निर्वाचन भइरहेको गोरखा क्याम्पस र द्रव्यशाह बहुमुखी क्याम्पस दुवैमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । जारी मतदानमा गोरखा क्याम्पसमा करिब १२ बजेसम्ममा २१७ मत खसेको निर्वाचन समितिले जनाएको छ । त्यस्तै द्रव्यशाह बहुमुखी क्याम्पसमा १२ : ३० बजेसम्म २९० मत खसेको छ ।
द्रव्यशाह क्याम्पसमा कुल ४६१ मत रहेको निर्वाचन समितिले जनाएको छ भने गाेरखा क्याम्पसमा ५०६ जना मतदाता रहेका छन् । गोरखा क्याम्पसमा समाजवादी मोर्चा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी, अनेरास्ववियू, अखिल समाजवादीको गठबन्धन र सत्तापक्षधर नेविसंघ र अनेरास्ववियुको गठबन्धन प्रतिस्पर्धामा रहेको छ।
गोरखा क्याम्पसमा नेविसंघ र अनेरास्ववियुको गठनबन्धनबाट रचन परियार र समाजवादी मोर्चा गठबन्धनको तर्फबाट अखिल क्रान्तिकारीले सुलभ अम्गाई चुनावी मैदानमा रहेका छन् ।
द्रव्य शाह बहुमुखी क्याम्पसमाः नेविसंघ र अनेरास्ववियुको गठनबन्धनबाट अविन श्रेष्ठ अध्यक्षको प्रतिस्पर्धामा रहेका छन् भने अखिल क्रान्तिकारीबाट सचिन खनाल रहेका छन् ।




