काठमाडाैं । नेपाली बजारमा फेरी पनि सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ । आज सुन ताेमा १ हजार १०० रुपैयाँले बढेर तोलाको १ लाख ७५ हजार २०० रुपैयाँमा कारोबार भए संगै सुनकाे भाउले नयाँ किर्तिमान कायम गरेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ १ लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यसअघि चैत्र १ गते शुक्रवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको १ लाख ७४ हजार ५०० रुपैयाँ पुगेको थियो ।
यस्तैगरी, आजै चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर २ हजार ५० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।



