गोरखा । आज हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मतदान केही बेरपछी सुरु हुने भएकाे छ । सदरमुकामकाे गोरखाका क्याम्पसमा हिजाे विवाद देखिएपछी आज बिहानैदेखी हुने भनिएकाे निर्वाचन केही बेरपछी सुरु हुने भएकाे हाे ।
विवाद समाधान भइसकेकाेले बिहान ७ बजेदेखी सुरु हुने भनिएकाे निर्वाचन २ घण्टा ढिलागरी ९ बजेदेखी सुरु हुने भएकाे छ । सदरमुकामकै अर्काे द्रव्यशाह बहुमुखी क्याम्पसमा बिहान ८ बजेदेखी निर्वाचन सुरु भएकाे छ ।
निर्वाचन परिणामलाई आफ्नो पक्षमा पार्न यतिबेला विद्यार्थी सङ्गठन तयारीमा जुटेका छन् । निर्वाचनको नजिता आफ्नो पक्षमा पार्न गोरखामा सत्ता गठबनन्धन पक्ष र प्रतिपक्ष समाजवादी मोर्चाको २ वटा गठबन्धन बनाएर विद्यार्थीहरु स्ववियुको निर्वाचन होमिएका छन् ।
स्ववियु निर्वाचन आजै सम्पन्न गरेर आजै मत परिणाम घाेषणा हुने छ ।


