गोरखा । काम गर्ने मनसाय राखेर काम गर्याे भने समयावधी कुर्नुपर्ने कुनै कारण नै रहदैन । काम गर्ने मनसाय खराब भयाे भने जति नै म्याद थपपनी काम हुन सक्दैन । यस्तै उदाहरणीय काम गरेकाे गाेरखामा एक ठेकेदारले ।
पालुङ्टार नगरपालिका-९ ढुङ्गेटारीमा खारखोला पुल निर्धारित समयभन्दा ७ महिना अगावै निर्माण सम्पन्न गरेर उनले उदाहरणीय काम गरेकाे छन् । १८ महिनामा सम्पन्न गर्नेगरी गएको वर्ष चैतमा ठेक्का सम्झौता भएको पुल ७ महिना बाँकी छँदै अघिल्लो गएकाे फागुनमा पक्की पुल निर्माण सम्पन्न भएको हो ।
श्रीगणेश अमृत जेभी कम्पनीले निर्माण सम्पन्न गरेकाे उक्त पुल पूर्वाधार विकास कार्यालय गोरखाले ठेक्का लगाएकाे हाे । २५ मिटर लामो र ८.४ मिटर चौडाइ रहेको खारखोला पुलको लागत २ करोड ७५ लाख रुपैयाँ रहेको कार्यालयले जनाएकाे छ ।


