काठमाडाैं । गएकाे साताकाे शुक्रवार एकैदिन तोलामा ४ हजार रुपैयाँले बढेकाे सुनको भाउ आज घटेको छ । नेपाली बजारमा सुनको भाउ साताकाे पहिलाे दिन तोलामा ४०० रुपैयाँले घटेको हो ।
सुनको भाउ घटेसंगै ताेलाकाे १ लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तैगरी, आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर २ हजार ४५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
गएकाे साताकाे शुक्रवार सुनको भाउ तोलाको १ लाख ७४ हजार ५०० र चाँदीको भाउ तोलाको २ हजार ५० रुपैयाँ रहेको थियो ।



