काठमाडाैं । नेपाली बजारमा आज सुनको भाउले फेरी नयाँ कीर्तिमान बनाएको छ । सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेर तोलाको १ लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज एकैदिन सुनको भाउ तोलामा ४ हजार रुपैयाँले बढे पछी नेपाली बजारमा यसले फेरी अर्काे कीर्तिमान कायम गरेका हो ।
यसअघि गएको फागुन १३ गते सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको १ लाख ७१ हजार ३०० रुपैयाँ पुगेको थियो ।
यस्तैगरी, आज} चाँदीको भाउ ताेलामा ५० रुपैयाँले बढेर २ हजार ५० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।



