गोरखा । भोलीको होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थ्य र मर्यादित बनाउन जिल्ला भित्र २८४ जना प्रहरी परिचालन गरिएको छ ।
होली पर्वका नाममा जाँड रक्सी सेवन गरी उच्छृङखल तथा अशभ्य र अश्लिल गतिविधी हुनसक्ने भन्दै गोरखा प्रहरी ठुलो संख्यामा प्रहरी परिचालन गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।
उनले आत्मिय रुपमा नजिक भएका ब्यक्ति वा आफन्तहरुसंग मात्र होली खेरेर रमाउन आग्रह गर्दै साँझ अबेरसम्म खेल्ने तथा ध्वनि प्रदुषण हुने एवं मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने खालको बाजा, माईक आदीको प्रयोग गरेको पाइएमा कारवाही गर्ने समेत बताए ।
गोरखा प्रहरीले होली पर्व सभ्य, शिष्ट, स्वस्थ्य र मर्यादित भएर मनाउन सूचना जारी गरेको छ ।
सूचनामा कसैको ईच्छा बिपरीत रंग, लोला, मोबिल, केमिकल र फोहर पानी फाल्ने काम गरे वा मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको थाहा पाएमा कानूनी कारवाही गर्ने गरीने भनेको छ ।
गोरखा प्रहरीले होली खेल्दा महँगा गरगहना लगाए नखेल्न समेत आग्रह गरेको छ ।
प्रहरीले संभावित दुर्घटनाबाट जोगिन रेलिङ नभएको छत, सडक तथा भिडभाड हुने स्थानमा होली नखेल्न समेत भनेको छ ।
पर्वको अवशरमा प्रहरीले मोबाईल गस्ती, पैदल गस्ती, अनुगमन, चेकिङ, पिकेट लगायत सादा पोशाकमा प्रहरी परिचालन तथा ट्राफिक प्रहरीले सवारी तथा चालकको जाँच गर्ने भएकोले अबान्छित गतिविधी भएको वा गरेको जानकारी भएमा १०० वा ९८५६०९०२५५ मा खबर गर्न समेत अनुरोध गरेको छ ।



