गोरखा । आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि गोरखा सदरमुकामको द्रव्य शाह वहुमुखी क्याम्पसमा पनी छुटाछुटै प्यानलको उमेद्वारी दर्ता भएको छ ।
द्रव्यशाह बहुमुखी क्याम्पसमा नेपाल बिद्यार्थी संघ र अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियनको एक प्यानल तथा समाजवादी मोर्चाको बिद्यार्थी संगठनहरले छुटाछुटै प्यानल दर्ता गराएको हो ।
नेबिसंघ र अनेरास्ववियुको तर्फबाट नेबिसंघका अबिन श्रेष्ठ र मोर्चाको बिद्यार्थी संगठनको तर्फबाट अनेरास्ववियु (क्रान्तिकारी)का सचिन खनालले सपभातिमा उम्मेदवारी दर्ता गराएको क्याम्पस प्रशासनले जनाएको छ ।
क्याम्पस प्रशासनले दिएका जानकारी अनुसार नेविसंघ र अनेरास्ववियुको प्यानलबाट सभापतिमा नेविसंघका अविन श्रेष्ठ, सचिवमा नेविसंघका सुप्रिन बस्नेत, कोषाध्यक्षमा अनेरास्ववियुका असिम श्रेष्ठ, सदस्यमा नेविसंघका युकेन अर्याल, सुमिका घर्ती, सायदा खातुन, सन्दिप कार्की र अनेरास्ववियुकी विपना कोइरालाको उमेद्वारी दर्ता गराएको छ ।
मोर्चाको बिद्यार्थी संगठनको तर्फबाट भने अखिल क्रान्तिकारीका सचिन खनालको सभापति पदमा उमेद्वारी दर्ता गराएका छन् ।
त्यस्तैगरी, क्रान्तिकारीको तर्फबाट सचिवमा एलन गुरुङ, कोषाध्यक्षमा अनुप सिंखडा, सदस्यमा करुणा प्याकुरेल, सलिना थापामगर, अभिषेक तामाङ, अनेरास्ववियुका र्सिजन अर्याल र अखिल नेपाल बिद्यार्थी युनियन (समाजबादी)की अनिशा रानामगरले प्यानलका रुपमा नाम दर्ता गराएका छन् ।
समानुपातीक तर्फ भने अनेरास्ववियु (क्रान्तिकारी), नेपाल बिद्यार्थी संघ र अनेरास्ववियुले छुटाछुटै नाम दर्ता गराएको क्याम्पस प्रशासनले जानकारी दिएको छ ।
दुवै तर्फको उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने दिन २८ फागुनका लागि तोकिएको छ । सोही दिन नै दुवै तर्फको दाबी विरोध उपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।
फागुन २९ गते उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली सार्वजनिक गरिने छ ।
र, ५ चैतमा बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुने छ ।



