गोरखा । आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि गोरखा सदरमुकामको हिलेपोखरीमा रहेको गोरखा क्याम्पसमा हिजो उमेद्वारी दर्ता भएको छ ।
गोरखा क्याम्पसमा नेपाल विद्यालर्थी संघ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनिय तथा समाजवादी मोर्चा निकट विद्यार्थी संगठनहरुले छुटाछुटै प्यानल बनाएर नाम दर्ता गराएका छन् ।
क्याम्पस प्रशासनले दिएको जानकारी अनुसार नेबिसंघ र अनेरास्ववियुको तर्फबाट नेबिसंघका रचन परियारलाई सभापति पद दिएर उम्मेदवारी दर्ता गराएको छ भने मोर्चाका तर्फबाट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनिय (क्रान्तिकारी)का सुलभ अंगाईलाई सभापति पद दिएर प्यानल सहितको नामावली दर्ता गराएको छ ।
मोर्चा तर्फ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनिय (क्रान्तिकारी), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनिय (समाजबादी), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनिय र नयाँ शक्ति बिद्यार्थी युनियन गठबन्धन गरेका छन् ।
कस–कसको के के मा दावी रहयो हेरौं…
प्रत्यक्ष तर्फ :
नेबिसंघ र अनेरास्वविय प्यानल तर्फ :
सपभाति : रचन परियार – नेबिसंघ
सचिव : राजराम बोहरा – अनेरास्ववियु
कोषाध्यक्ष : सबिना गुरु – नेबिसंघ
सदस्यहरुमा :
१) कोपिला बोहरा : अनेरास्ववियु
२) अञ्जना नेपाली : नेबिसंघ
३) पुष्पा गुरुङ : नेबिसंघ
४) मनिषा नेपाली : अनेरास्ववियु
५) सुमन नेपाली : अनेरास्ववियु
समाजवादी मोर्चा निकट विद्यार्थी संगठनहरुका तर्फबाट :
सपभाति : सुभल अंगाई – अनेरास्ववियु (क्रान्तिकारी)
सचिव : रुपेश विश्वकर्मा – अनेरास्ववियु (क्रान्तिकारी)
कोषाध्यक्ष : आयुषा अर्याल – अनेरास्ववियु (क्रान्तिकारी)
सदस्यहरुमा :
१) अभिषेक राना : अनेरास्ववियु (क्रान्तिकारी)
२) सलिना बयलकोटी : अनेरास्ववियु (क्रान्तिकारी)
३) रोजिना गुरुङ : अनेरास्ववियु (क्रान्तिकारी)
४) सलिना परियार : अनेरास्ववियु (क्रान्तिकारी)
५) सबिना थापा : अनेरास्ववियु (क्रान्तिकारी)
समानुपातिक तर्फ भने नेविसंघ र अनेरास्ववियुले आ–आफने ढंगले बन्द सूची पेश गरेका छन् ।
समानुपातिक तर्फको नामावली :
अनेरास्ववियु (क्रान्तिकारी)को तर्फबाट :
१) उमेश खनाल
२) भिषण थापा
३) सिमा थापा मगर
४) अंकित थापा
५) सुजन गुरुङ
६) अनु शाक्य
७) सुनिल थापा मगर
नेपाल बिद्यार्थी संघका तर्फबाट :
१) मन कुमारी गुरुङ
२) सलिना खातुन
३) पुष्पा गुरुङ
४) कोपिला गुरुङ
५) पूजा खनाल
६) सन्दिपा ढकाल
७) हसिना मियाँ
अनेरास्ववियुको तर्फबाट :
१) दिपेन्द्र मालबुल
२) बिनय कुवर
३) रुपा थापा
४) निशा थापा
५) बिजय नेपाली
६) बिशाल श्रेष्ठ
७) सुजिता सुनार
दुवै तर्फको उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने दिन २८ फागुनका लागि तोकिएको छ । सोही दिन नै दुवै तर्फको दाबी विरोध उपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।
फागुन २९ गते उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली सार्वजनिक गरिने छ ।
र, ५ चैतमा बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुने छ ।


