गाेरखा । आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि गाेरखामा समाजबादी माेर्चा निकट बिद्यार्थीहरुले गठबन्धन गरेका छन् । आजै उनीहरुले गाेरखा सदरमुकामा रहेकाे गाेरखा क्याम्पस र द्रब्यशाह बहुमुखी क्याम्पसमा उम्मेदवारी दर्ता हुँदै छन् ।
यस अघि नेबिसंघ र अनेरास्ववियु बिच गठबन्धन भए पछी माेर्चा निकट बिद्यार्थीहरुले पनि गठबन्धन गरी निर्वाचनमा जाने निर्णय गरेका हाे ।
माेर्चा निकट बिद्यार्थीहरुमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी), अखिल नेपाल बिद्यार्थी युनियन (समाजबादी), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन र नयाँ शत्ति बिद्यार्थी युनियनले गठबन्धन गरेर निर्वाचनमा जाने निर्णय गरेकाे हाे ।
सहमती अनुसार गाेरखा नगरपालिका-५ काे हिलेपाेखरीमा रहेकाे गाेरखा क्याम्पसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला अघ्यक्ष सुलभ अगाई र गाेरखा नगरपालिका-९ काे लक्ष्मी बजारमा रहेकाे द्रब्यशाह बहुमुखी क्याम्पसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी) का जिल्ला सचिव सचिन खनालकाे नेतृत्वमा जाने निर्णय भएकाे छ ।
जिल्ला भित्र रहेकाे ४ वटा क्याम्पस मघ्ये आरुघाटकाे भिमाेदय र पालुङटारकाे भवानी बहुमुखी क्याम्पसले प्राविधिक समस्या देखाउदै निर्वाचन स्थगित गरी सकेकाे छ ।
प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय २७ फागुनको दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको छ । दुवै तर्फका उम्मेदवारको नामावली पनि आजै प्रकाशित हुनेछ ।
दुवै तर्फको उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने दिन २८ फागुनका लागि तोकिएको छ । सोही दिन नै दुवै तर्फको दाबी विरोध उपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।
फागुन २९ गते उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली सार्वजनिक गरिने छ ।
र, ५ चैतमा बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुने छ ।


