गाेरखा । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअन्तर्गत आज मंगलबार उम्मेदवारी दर्ता हुँदैछ । आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयनको समय तोकिएको छ ।
स्ववियु निर्वाचनका लागि गाेरखा सदरमुकाममा रहेकाे २ वटा क्याम्पसमा नेपाल बिद्यार्थी संघ र अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियन बिच गठबन्धन भएकाे छ ।
जिल्ला भित्र रहेकाे ४ वटा क्याम्पस मघ्य आरुघाटकाे भिमाेदय र पालुङटारकाे ठाँटीपाेखरीमा रहेकाे भवनी बहुमुखी क्याम्पसले निर्वाचन स्थगित गरेकाे छ । दुवै क्याम्पसले विभिन्न कारण देखाएर निर्वाचन नगाउने भएकाे हाे ।
यता सदरमुकाम भित्र रहेकाे गाेरखा क्याम्पस र द्रब्य शाह बहुमुखी क्याम्पसमा भने नेबिसंघलाई सभापती दिने गरी अनेरास्वियुले सहमती गरेकाे नेबिसंघले जानकारी दिएकाे छ ।
दुवै क्याम्पसमा ६ वटा बिद्यार्थी संघ-संगठनले निर्वाचनकाे लागी नाम दर्ता गराएका थिए ।


