काठमाडौं । नेपाली बजारमा आज पनी सुनको भाउ बढेको छ ।
सुन तोलामा १०० रुपैयाँले बढेर तोलाको १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासङ्घले जनाएको छ ।
तर आज चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदीको भाउ हिजोको भाउमा प्रतितोला १ हजार ९८५ रुपैयाँ कारोबार भइरहेको महासङ्घले जनाएको छ ।



