काठमाडौं । साताकाे पहिलाे दिन आज आइतबार सुनको भाउ बढेको छ ।
सुन तोलामा १०० रुपैयाँले बढेर ताेलाकाे १ लाख ७० हजार २ सय रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएकाे छ ।
सुनको मूल्य बढेकाे भएता पनि आज चाँदीको भाउ भने ५ रुपैयाँ घटेको छ । चाँदीकाे भाउ ५ रुपैयाँले घटेसंगै ताेलाकाे १ हजार ९८५ रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएको छ ।



