काठमाडाैं । साताकाे छाैठाैं दिन आज नेपाली बजारमा सुनको भाउ घटेको छ भने चाँदीकाे भाउ बढेकाे छ ।
सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेर १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तैगरी, आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर १ हजार ९९० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।



