गोरखा । गोरखा सदरमुकाममा निर्माण गरीएको भवन अपुरो भएपछी अर्थ संकलनकालागी ‘मिट एण्ड ग्रिट’ कार्यक्रम गरीने भएको छ । कार्यक्रम यही चैत्र ५ गते गोरखा सदरमुकाममा हुने मानव सेवा आश्रम गोरखाले जानकारी दिएको हो ।
गोरखा नगरपालिका–८ को खोलखोले क्षेत्रमा निर्माण भएको भवन आर्थिक अभावले अलपत्र परेपछी कार्यक्रमको आयोजना गर्न लागिएको मानव सेवा आश्रम गोरखाका अभिभावक परिवार समितिका संयोजक शित्तलकाजी मास्केले जानकारी दिए ।
भवनको भौतिक प्रगती ८० प्रतिशतभन्दा माथी भएको र बाँकी कामका लागि आर्थिक अभाव भएको भवन निर्माण समितिका संयोजक ईश्वरकाजी मास्केतले बताए । उनका अनुसार हालसम्म ६ करोडभन्दा माथी खर्च भएकोले अझै २ करोड जती आवश्यक भएको छ । भवनको भित्री भागको सबै काम सम्पन्न भएता पनि बाहिरी काम पुरा हुन सकेको छैन ।
आर्थिक अभावकै कारण भवनको काम सम्पन्न नहुदा गोरखा शाखाकोलागी राजधानीको रानीबनमा केही महिना अगाडी मात्रै ‘मिट एण्ड ग्रिट’ कार्यक्रमबाट करिब ४३ लाख संकलन भएको थियो ।
उक्त रकम पनि नपुग्ने भएपछी आउदो चैत्र ५ गते ‘मिट एण्ड ग्रिट’ कार्यक्रमको आयोजना गरीएको हो । कार्यक्रममा ५ लाख ११ हजार १११ रुपैयाँ दान गर्नेको नाममा कोठाको नामाकरण गरीने छ भने सो भन्दा कम दान गर्नेहरुको आश्रमको नियम अनुसार भवनमा राखिने ताम्रपत्रमा नामावली समावेश गरीने गोरखा आश्रमले जानकारी दिएको छ ।
‘मिट एण्ड ग्रिट’ कार्यक्रममा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारी, हास्य कलाकार मनोज गजुर तथा ईन्द्रेणीका कृण्ण कडेंलको समेत उपस्थिती रहने छ ।
गोरखामा रहेको मानव सेवा आश्रममा देशैभरका अनाथ एवं वेसाहारा बालबालिकाहरु राखिदै आएको छ ।


