गोरखा । नेपाली काँग्रेस गोरखाका नेता विश्वदेव श्रेष्ठको निधन भएको छ । केही समयदेखी बिरामी भएका श्रेष्ठको उपचारको क्रममा निधन भएको हो ।
श्रेष्ठको केही समय अगाडी मुत्र नलीमा क्यान्सर देखिएको थियो । सोही उपचारकोलागी नेपाल क्यान्सर अस्पताल हरीसिद्वीमा उपचाररत रहदा बिहीबार साँझ उनको निधन भएको नेपाली काँग्रेस गोरखाका सचिव किशोर जंङ थापाले जानकारी दिए ।
नेपाली काँग्रेस गोरखाको हालको जिल्ला समिति सदस्य रहेका श्रेष्ठ गोरखामा तरुण दलका संस्थापक अध्यक्ष हुन् ।
गोरखा नगरपालिका–६ ठुलो आँगन घर भएका श्रेष्ठ गोरखा उद्योग बाणिज्य संघको पूर्व अध्यक्ष समेत हुन् ।
समाजसेवीको नामले समेत परिचित श्रेष्ठको निधन भएकोमा गोरखा बासीले दुःख समेत ब्यत्त गरेका छन् ।
श्रेष्ठको आजै पशुपती आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारीक स्रोतले जनाएको छ ।


