×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखामा स्ववियु निर्वाचन : आरुघाटको बाहेकका ३ क्याम्पसमा निर्वाचन हुने

  •  गोरखा समाचार
  • बिहिबार, फागुन २२, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । आउदो चैत्र ५ गते हुने स्वतन्त्र बिद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा गोरखाको आरुघाट बाहेक ३ वटा क्याम्पसमा निर्वाचन हुने भएको छ । स्ववियु निर्वाचन नगराउने बिषयमा राजनैतिक दल बिच सहमती भएसंगै भिमोदय बहुमुखी क्याम्पसमा आउदो चैत्र ५ गते निर्वाचन नहुने भएको हो ।

    राजनैतिक दलको उक्त सहमती प्रति बिद्यार्थी संघ–संगठनले भने बिरोध गरेको छ । बिद्यार्थीहरुको अधिकार खोसिएकोभन्दै तत्कालै निर्वाचनको मिति घोषणा गर्न संघ–संगठनल अनुरोध गरेको छ ।

    यता नेपाल बिद्यार्थी संघ गोरखाका अध्यक्ष शिवहरी तिमिल्सिनाले बिद्यार्थीहरुले गर्न पाउने राजनतिमा पार्टीको हस्तक्षप स्विकार्य नहुने बताए । ‘स्ववियु चुनाव भनेकै बिद्यार्थीहरुमा राजनैतिक चेतना जगाउने पहिलो खुडकिलो हो’ उनले भने ‘पहिलो खुडकिलो उक्लनै पार्टीको हस्तक्षप भयो भने स्विकार गर्न सक्दैनौ ।’

    तिमिल्सिनाका अनुसार उक्त क्याम्पसमा दर्ता भएको अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियनका जिल्ला अध्यक्ष संग चुनावका बारेमा छलफल भई रहेको र चुनाव गराउनु पर्ने बिषयमा सकारात्म देखिएका छन् । दुवै संघ–संगठन मिलेर निर्वाचन गराउने बिषयमा क्याम्पस प्रशासन संग छलफल अगाडी बढाइने उनले जानकारी दिए ।

    २०० जना बिद्यार्थी भएको उक्त क्याम्पसलमा क्याम्पस प्रशासनले नै आयोजना गरेको बैठकमा जिल्लामा क्रियाशिल दलहरुले निर्वाचन नगराउने सहमती भएको थियो । निर्वाचनको निर्धारीत सबै कार्यक्रम रद्व गरेपछी अब गोरखा नगरपालिका–५ को हिले पोखरीमा रहेको गोरखा क्याम्पस, ८ को लक्ष्मि बजारमा रहेको द्रब्य शाह बहुमुखी क्याम्पस र पालुङटार नगरपालिकाको–५ को ठाँटीपोखरीमा रहेको भवानी बहुमुखी क्याम्पसमा मात्र निर्वाचन हुने भएको छ ।

    सदरमुकामको दुवै क्याम्पसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी), अखिल नेपाल बिद्यार्थी युनियन (समाजबादी), नेपाल बिद्यार्थी संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन नामको २ बिद्यार्थी संगठन र नयाँ शक्ति बिद्यार्थी युनियन गरी ६ वटाले नाम दर्ता गराएको छ भने भवानी क्याम्पसमा ५ वटा संघ–संगठनले मात्र नाम दर्ता गराएको कलेज प्रशासनले जानकारी दिएको छ ।

    सदरमुकामको गोरखा क्याम्पसमा छानविन पछी ५०७ जना बिद्यार्थीहरुको नामावली सार्वजनिक गरीएको छ भने लक्ष्मी बजारको द्रब्यशाहमा ४६१ जना र ठाँटीपोखरीको भवानी बहुमुखी क्याम्पसमा २०० जनाको नाम सार्वजनिक गरीएको छ ।

    स्ववियु निर्वाचनमा सहभागी हुन सम्बन्धित क्याम्पसमा पनि बिद्यार्थी संगठन, समूह दर्ता हुनुपर्ने ब्यवस्था रहेको छ ।

    निर्वाचन तालिका अनुसार १९ गते सोमबार संघ–संगठनको नाम दर्ता हुने समय तय गरिएको थियो ।

    त्यस्तैगरी, फागुन २१ गते मतदाता नामावली प्रकाशन र फागुन २५ गते आइतबार मतदाता नामावलीमाथि दाबी विरोधको समय तय गरीएको छ ।

    तालिका अनुसार फागुन २६ गते मनोनयन पत्र वितरण र फागुन २७ गते उम्मेदवारी दर्ताको कार्यसूची रहेको छ ।

    चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ः०० बजेसम्म मतदान हुनेछ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बिहिबार, फागुन २२, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.