काठमाडौं । साताकाे पाँचाैं दिन आज बिहीबार पनि सुनको भाउ बढेको छ ।
बिहीबार नेपाली बजार खुल्नासाथ ताेलामा ३०० रुपैयाँले बढेर १ लाख ७० हजार ७०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तैगरी, आजै चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९८५ रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।



