वालिङ । जबरजस्ती करणीको आरोपमा नेकपा (एकीकृत समाजवादी)का गण्डकी प्रदेश उपाध्यक्ष विष्णु गिरी पक्राउ परेका छन् ।
स्याङ्जाका जिल्ला अध्यक्ष अघ्यक्ष समेत रहेका गिरीलाई कास्की जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेकाे हाे ।
फागुन २ गते जबरजस्ती करणी मुद्दामा स्याङ्जा पुतलीबजार नगरपालिका–१४ का ५१ वर्षीय गिरीलाई कास्की जिल्ला अदालतले पक्राउको अनुमति दिएपछि उनलाई घरबाटै नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएकाे छ ।
पक्राउ परेका गिरीलाई कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


