प्रतिकात्मक तस्बिर
गोरखा । बैदेशिक रोजगारीमा क्रोएसिया पठाईदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा गोरखाका १ जना पुरुषलाई प्रहरीले राजधानीबाट पक्राउ गरेको छ ।
प्रहरीले पक्राउ गरेका ब्यत्ती बारपाक सुलिकोट गाउँपालिका घर भई हाल काठमाडौं महानगरपालिका–२६ बस्ने बर्ष ४७ का जगदिश्वर पनेरु भएको पुष्टी भएको छ ।
पनेरुले बैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर पिडितबाट २ लाख रुपैयाँ लिएर सम्पर्क विहीन भएपछी पिडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरेको जानकारी दिएको छ ।
पक्राउ परेका पनेरुलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि बैदेशिक रोजगार बिभाग ताहाचलमा पठाएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।


