काठमाडौं । साताकाे चाैथाें दिन पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
बुधबार नेपाली बजारमा ताेलामा ९०० रुपैयाँले बढेर प्रतितोला १ लाख ७० हजार ४०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तैगरी, चाँदीमा पनि प्रति ताेला १० रुपैयाँ बढेर प्रतितोला १ हजार ९५० रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएको छ ।



