साँकेतिक तस्बिर
गोरखा । गोरखा सदरमुकामका साथै वरपरका सबै क्षेत्रमा बिहानदेखी बिद्युत अबरुद्व भएको छ । तनहुँको आँबेखैरेनीमा रहेको सव स्टेशनमा प्राविधिक समस्या आउदा गोरखाको अधिकांस स्थानको बिद्युत अबरुद्व भएको हो ।
बिहान ११ बजेतिर सव स्टेशनको कन्ट्रोलरमा समस्या आएपछी गोरखा तर्फ आउने ३३ केभि लाइन अबरुद्व भएको छ ।
कन्ट्रोलरमा समस्या आएसंगै सव स्टेशनबाट गोरखाको वितरण केन्द्रसम्म आउने बिद्युत लाइनबाट बिद्युत प्रवाह गराउन समस्या आएको छ ।
समस्या देखीएपछी प्राविधिकहरुले मर्मतको काम थालेको छ । काम भईरहेकोले बिद्युत सुचारु हुन अझै केही समय लाग्ने गोरखा बितरण केन्द्रका प्रमुख चिजबहादुर गुरुङले जानकारी दिए ।
बिद्युत अबरुद्व हुदा गोरखा बितरण केन्द्रबाट प्रशारण हुन नयाँ बजार, महेन्द्र ज्योति, बुंकोट र छेवेटार फिडर प्रभावित भएको छ । यि फिडरबाट २० हजारभन्दा बढी घर परिवारले बिद्युत उपभोग गर्दै आएका छन् ।


