काठमाडौं । नेपाली बजारमा आज एकै दिनमा सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढेको छ ।
सुनकाे भाउ एकै दिनमा १ हजार ४०० रुपैयाँले बढेपछी सुन प्रतिताेला १ लाख ६९ हजार ५०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
त्यसैगरी, मगलबार नै चाँदीको भाउ तोलामा २५ रुपैयाँले बढेर ताेलाको १ हजार ९४० रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।



