प्रतिकात्मक तस्बिर
गोरखा । गोरखा सदरमुकाम आज बिहान भएको दुर्घटनामा परी २ जना घाईते भएका छन् । गोरखा नगरपालिका–६ को शक्तिचोकमा भएको दुर्घटनामा परी मोटरसाइकल चालक सहित २ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।
मंगलबार बिहान ९ः३० बजेको समयमा शक्तिचोकबाट हरमटारी तर्फ जादै गरेको ग. २३ प ६९५ नम्बरको मोटरसाईलक र विपरीत दिशाबाट जादै गरेको ग. २ ख १६१९ नम्बरको माईक्रो एक आपसमा ठक्कर खादा मोटरसाइकल चालक गोरखा नगरपालिका–३ नारेश्वरका सानुकाजी बस्नेत र उनका छोरा ८ बर्षका संयोग बस्नेत घाईते भएको सूचना अधिकारी सुवेदीले बताए ।
माईक्रोले ठक्कर दिएका बावुछोराको गोरखा अस्पतालमा सामान्य उपचार पछी थप उपचारकोलागी चितवन मेडिकल कलेज लगिएको छ ।
घाईते मोटरसाइलक चालकको टाउको तथा शरिरको विभिन्न भागमा चोट देखिएपछी भरतपुर रिफर गरीएको गोरखा अस्पताल प्रशासनले जनाएको छ ।
माईक्रो सह चालकले चलाएको र उनको लाईसेन्स भए नभएको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न माईक्रो र सह चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


