गोरखा । आउदो चैत्र ५ गते हुने स्वतन्त्र बिद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा गोरखामा ६ वटा संघ–संगठनबीच प्रतिस्पर्धा हुने भएको छ । स्ववियु निर्वाचनमा भाग लिन ६ वटा बिद्यार्थी संघ–संगठनले नाम र्दा गराएका हुन् ।
गोरखा नगरपालिका–५ को हिले पोखरीमा रहेको गोरखा क्याम्पस र ८ को लक्ष्मि बजारमा रहेको द्रब्य शाह बहुमुखी क्याम्पसमा विभिन्न ६ वटा संघ–संगठनले निर्वाचनमा भाग लिनकालागी नाम गर्दा गराएको हुन् ।
ति दुवै क्याम्पसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी), अखिल नेपाल बिद्यार्थी युनियन (समाजबादी), नेपाल बिद्यार्थी संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन नामको २ बिद्यार्थी संगठन र नयाँ शक्ति बिद्यार्थी युनियनले हिजो सोमबार नाम दर्ता गराएको दुवै कलेज प्रशासनले जानकारी दिएको छ ।
दर्ता गराएका नाममध्येबाट छानविन गरेर यथाशीघ्र नामावली प्रकाशन गरिने स्ववियु निर्वाचन समितिले जानकारी दिएको छ ।
स्ववियु निर्वाचनमा सहभागी हुन सम्बन्धित क्याम्पसमा पनि बिद्यार्थी संगठन, समूह दर्ता हुनुपर्ने ब्यवस्था रहेको छ ।
निर्वाचन नजिकीए संगै बिद्यार्थी संघ–संगठनले उम्मेदवारीको घोषणा गर्न थालेका छन् ।
निर्वाचन तालिका अनुसार हिजो सोमबार बिहान ७ बजेदेखि दिउँसो ३ः०० बजेसम्म संघ–संगठनको दर्ता हुने समय तय गरिएको थियो ।
त्यस्तैगरी, फागुन २१ गते बिहान १० बजे मतदाता नामावली प्रकाशित हुनेछ भने फागुन २५ गते दिउँसो १ बजेसम्म मतदाता नामावलीमाथि दाबी विरोधको समय तय गरीएको छ ।
तालिका अनुसार फागुन २६ गते बिहान ११ बजे देखि २ः बजेसम्म मनोनयन पत्र वितरण र फागुन २७ गते उम्मेदवारी दर्ताको कार्यसूची रहेको छ ।
चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ः०० बजेसम्म मतदान हुनेछ ।
हिजो द्रब्यशाह बहुमुखी क्याम्पसमा प्रशासन र बिद्यार्थी संगठन बिच भएको सहमती अनुसार २१ गतेसम्म बिद्यार्थी भर्ना हुन पाउनेछन् ।



