गोरखा । नेवाः देव् दवू जिल्ला समिति गोरखाको अध्यक्षमा पुनः देवीप्रसाद श्रेष्ठ सर्व सम्मत रुपमा चयन भएका छन् ।
सोमबार गोरखा सदरमुकाममा भएको समितिको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेसनले श्रेष्ठलाई पुनः अध्यक्षमा सर्व सम्मत रुपमा चयन गरेको हो ।
समितिको बरिष्ठ उपाध्यक्षमा रामबावु श्रेष्ठ, उपाध्यक्षमा सिताराम श्रेष्ठ, महिला उपाध्यक्षमा कोमल श्रेष्ठ, सचिवमा बिमला श्रेष्ठ र कोषाध्यक्षमा रुसबावु जोशी पनि सर्व सम्मत रुपमा चयन भएका छन् ।
खुल्ला सचिवमा भने कार्यासमितिले चयन गर्ने गरी खाली राखिएको छ ।
सदस्यहरुमा कृण्ण श्रेष्ठ, गणेशमान श्रेष्ठ, अर्जुनकुमार श्रेष्ठ, थिरभक्त श्रेष्ठ (नवराज), सुरेन्द्र श्रेष्ठ, मनोज श्रेष्ठ, बुद्व शाही, कल्पना श्रेष्ठ, गौतम श्रेष्ठ र रिता श्रेष्ठ समेत सर्व सम्मत रुपमा चयन भएको बरिष्ठ उपाध्यक्ष रामबावु श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार कार्य समितिका २ नयाँ सदस्यहरु समेत आगामी बैठकले निर्णय गर्ने गरी समिति चयन भएको छ ।
निर्वाचन पूर्व भएको कार्यक्रममा प्रमुख अतिथी रहेका नेवाः देव् दवूका केन्द्रिय बरिष्ठ उपाध्यक्ष चन्द्रलाल राजभण्डारीले नेवार समुदाय सबैभन्दा बढी राज्य पक्षबाट शोषणमा परेको बताए ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी राजभण्डारीले नेवार आदीबासी नभएर भूमी पुजन गर्ने मुलबासी भएको बताए ।
उनले नेवार समुदाय अहिले पनि तिथी र मितीमा विवाद गरी रहेको स्मरण गराउदै अब एक जुट भएर लक्ष्यमा पुग्नुपर्ने समय आएको बताए ।


