गोरखा । गोरखा तर्फको त्रिशुली नदी किनारमा १ जना वेवारीसे पुरुषको शव फेला परेको छ । नामथर वतन खुल्न नसकेको पुरुषको शव सोमबार फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।
उनका अनुसार गण्डकी गाउँपालिका–२ गोर्दी स्थित त्रिशुली नदी किनारमा ति पुरुषको शव फेला परेको हो । शव २ ढुङ्गा बिच अड्कीएको अवस्थामा फेला परेको हो ।
अन्दाजी ५०-५५ बर्ष ति पुरुषको शव प्रहरीले चितवनको कुरिनटारमा रहेको सशस्त्र प्रहरीको विपत ब्यवस्थापन शिक्षालयको उद्वार टोली मार्फत नदीबाट निकालिएको छ ।
पुरुषको हुलिया सहित देशैभरका सबै यूनिटमा खबर संप्रेशण गरीएको छ । मृत्तक पुरुषको शव अहिले गोरखा अस्पतालको शव गृहमा राखिएको सूचना अधिकारी सुवेदीले जानकारी दिए ।
घटनाको अनुसन्धान भई रहेको गोरखा प्रहरीले जनाएको छ ।


