दुर्घटनामा परेकाे अनटेष्ट माईक्राे
गोरखा । गाेरखाकाे मनकामना मन्दिर तर्फ जादै गरेकाे माइक्राे दुर्घटनामा परेकाे छ । दुर्घटनामा परी १ जनाकाे ज्यान गएकाे छ भने अन्य १४ जना घाइते भएका छन् ।
दुर्घटनामा परी चितवन जिल्ला, खैरहनी गाउँपालिका-२ टाँडी पर्सा बस्ने बर्ष ३७ का पदमबहादुर दर्जी भएकाे गाेरखा प्रहरीले पुष्टी गरेकाे छ ।
नारायणघाटबाट गोरखाको मनकामना तर्फ जाँदै गरेको यात्रुवाहक माइक्रोबस आज विहान करिब ११ः ३० बजे शहिद लखन गाउँपालिका-३ काे कान्टारबाट आँबुखैरेनी तर्फ फर्कदै गर्दा अनटेष्ट नम्बरकाे ईभी गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक बासुदेव पाठकले बताए ।
गाडी सडकबाट १५ मिटर तल खसेकाे छ । साेही दुर्घटनामा खैरहनी गाउँपालिका-२ टाँडी पर्सा बस्ने चालक बर्ष २६ को सुमित चौधरी, हरिकला परियार, गिता परियार, रितेश परियार, सन्ध्या परियार, रुपा परियार, सञ्चिता आले, प्रमिला राना, विमला परियार, राजु परियार, सुवना परियार, अभिषेक परियार, अनिसा परियार र अर्जुन परियार घाईते भएका छन् ।
दुर्घटनामा घाईते सबैकाे आँबुखैरेनी गाउँपालिका अस्पताल आँबुखैरेनी तनहुँमा उपचार भइरहेकाे जिल्ला प्रहरी कार्यालय गाेरखाका प्रहरी नायब उपरिक्षक तथा सूचना अधिकारी इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।
दुर्घटनाको कारण खुल्न सकेकाे छैन । दुर्घटना भएकाे माइक्राे ईभी भएकाे पुष्टि भएकाे छ ।



