गोरखा । गाेरखाकाे मनकामना मन्दिर तर्फ जादै गरेकाे माइक्राे दुर्घटनामा परेकाे छ । दुर्घटनामा परी १ जनाकाे ज्यान गएकाे छ भने अन्य १४ जना घाइते भएका छन् ।
नारायणघाटबाट गोरखाको मनकामना तर्फ जाँदै गरेको यात्रुवाहक माइक्रोबस आज विहान करिब ११ः ३० बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक बासुदेव पाठकले बताए ।
ज्यान गुमाउने र घाइतेहरुकाे विवरण सकलन भइरहेकाेले केही बेरमा नै बिस्तृत बिवरण आउने जिल्ला प्रहरी कार्यालय गाेरखाका प्रहरी नायब उपरिक्षक तथा सूचना अधिकारी इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।
दुर्घटनाको कारण खुल्न सकेकाे छैन । घटना स्थलबाट स्थानिय र प्रहरीले घाइतेहरुलाई नजिककाे स्वास्थ्य संस्था लगिरहेका छन् ।
दुर्घटना भएकाे माइक्राे ईभी भएकाे पुष्टि भएकाे छ ।


