गोरखा । नेपाल आदीबासी जनजाती पत्रकार महासंघ (फोनिज) गोरखाको चौथों अधिवेसन आज सम्पन्न भएको छ । अधिवेसनले अध्यक्षमा पुनः मेलिना बरामलाई चयन गरेको छ ।
सोही अधिवेसनले उपाध्यक्षमा सुदिप श्रेष्ठ, सचिवमा संगिता चेपाङ, सह–सचिवमा विवर गुरुङ र कोषाध्यक्षमा संजित आले मगर निर्वाचित भएका छन् ।
समितिको अन्य सदस्यहरुमा मध्ये खुल्ला तर्फ अभिषेक तामाङ (चिन्टु) र छिरिङ फुन्जो लामा, महिला सदस्य तर्फ प्रतिक्षा आले मगर र संस्थागत तर्फ रेडियो गोरखाका प्रेम घले निर्विरोध चयन भएका छन् ।
निर्वाचन अगाडी भएको कार्यक्रममा प्रमुख अतिथी रहेका नेपाल आदीबासी जनजती महासंघ जिल्ला समन्वय परिषदका जिल्ला अध्यक्ष बिण्णु राना मगरले आदीबासी जनजातीहरुको पहिचान हुने गरी फोनिजले जिल्लामा कार्यहरु गर्न आग्रह गरे । उनले परिषद संग फोनिजले समन्वय गरेर कामहरु अगाडी बढाउन पनि अनुरोध गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ गोरखा शाखाका पूर्व अध्यक्ष भिमलाल श्रेष्ठ, नेवा पत्रकार गोरखाका अध्यक्ष दिपक श्रेष्ठ, नेवा देव दवू गोरखाका अध्यक्ष देवीप्रसाद श्रेष्ठ, तमु ह्विल छोंज धिं गोरखाका अध्यक्ष रामबहादुर गुरुङ, पत्रकार महासंघ गोरखाका प्रतिनिधी नरेन्द्र ढकालले शुभ कामना मन्तब्य राखेका थिए ।




















