गाेरखा । महाशिव रात्रीकाे अवसरमा पशुपती मन्दिरमा गएकाे भक्तजनकाे मोवाइल चोरी गरेको आरोपमा गोरखाका २ जना यूवकलाई प्रहरीे पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा गोरखा नगरपालिका–६ घर भई हाल काठमाडौँ महानगरपालिका-२६ गोंगबु बस्ने वर्ष अन्दाजी ३१ को विजय मगर र बारपाक सुलिकाेट गाँउपालिका–४ घर भई हाल गोंगबु बस्ने वर्ष ३४ को अभिषेक गुरुङ भएकाे प्रहरीले पुष्टी गरेकाे हो ।
उनीहरूले महाशिव रात्रीकाे अवसरमा पशुपती मन्दिरमा गएका भक्तजनहरुकाे माेबाइल चाेरी गरेकाे आराेप लागेकाे छ । उनीहरुबाट प्रहरीले १ वटा कालो झोला सहित विभिन्न ब्राण्डका १० वटा मोबाइल र ४ हजार रुपियाँ बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।
बालाजु बसन्तनगर गुम्बा नजिक अस्थायी प्रहरी विट गुम्बाबाट गस्तिमा गएको प्रहरीकाे टोलीले शंकास्पद अवस्थामा देखिएका उनीहरूलाई सोधपुछ तथा चेकजाँचका क्रममा दुवैजनाबा६ उक्त सामाग्री बरामद भएपछी नियन्त्रणमा लिएकाे प्रहरीले बताएको छ।
उनीहरुलाई हाल प्रहरी वृत्त गौशाला पठाएकाे र अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


