काठमाडौं । साताकाे छाैटाैं दिन आज नेपाली बजारमा सुन र चाँदीको भाउ घटेको छ ।
सुनकाे भाउ ताेलामा २ हजार २०० रुपैयाँले घटेर शुक्रबार प्रतितोला १ लाख ६८ हजार १०० रुपैयाँ काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
त्यस्तैगरी, आजै चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँ घटेर १ हजार ९१५ रुपैयाँ काराेबार भएकाे महासंघले जनाएकाे छ ।



