×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

गोरखा सदरमुकामको हिमचुली साकोसको ३२औं स्थापना दिवसमा विविध कार्यक्रम

  •  गोरखा समाचार
  • बिहिबार, फागुन १५, २०८१ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । सदरमुकाममा रहेको हिमचुली बचत तथा ऋण सहकारी संस्था (साकोस)को स्थापना दिवशसको अवशरमा विभिन्न कार्यक्रम गरेको छ । गोरखा नगरपालिका–७ को नयाँ बजारमा रहेको साकोसको ३२औं स्थापना दिशवको अवसरमा बक्तृत्व कला, असल बचत कर्ता र ऋणीलाई सम्मान गरीएको ब्यवस्थापक प्रेम श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार संस्थाको कार्यालय नयाँ बजारमा आज भएको नगरपालिका भित्रको मावि स्तरिय “सामाजिक तथा आर्थिक रुपान्तरणमा सहकारीको योगदान” विषयमा बतृत्वकला प्रतियोगितामा द वल्ड क्यापिटल मावि रानीबनकी श्रृष्टी गुरुङ्ग, विन्ध्यवासिनी मावि नारेश्वरकी निरुशा थापा, लक्ष्मी सामुदायिक शिक्षा सदन लक्ष्मीबजारका अनुप रोका र राष्ट्रिय मावि घलाङ्गकी रबिना कुमाल क्रमश प्रथम, द्वितिय, तृतिय र सान्त्वना भएका थिए ।

    प्रतियोगितामा नगरपालिका भित्रका १२ वटा बिद्यालयको सहभागिता रहेको थियो । बिजेता बिद्यार्थीहरुलाई क्रमश. २ हजार, १५ सय, १ हजार र ५०० नगद र प्रमाण–पत्र प्रदान गरिएको थियो ।

    स्थापना दिवशकै अवसरमा सरकारी तथा नीजि विद्यालयमा अध्ययनरत कक्षा १ देखि कक्षा १२ सम्म उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीहरुलाई नगद पुरस्कार सहित प्रमाण पत्र वितरण गरिनुका साथै संस्थामा आवद्व सदस्यहरु मध्ये असल बचत कर्ता रुपा जोशी, असल ऋणी चन्द्रबहादुर श्रेष्ठ, चण्डीका श्रेष्ठ र ऋषिराम कट्टेललाई समेत सम्मान गरिएको ब्यवस्थापक श्रेष्ठले जानकारी दिए ।

    त्यस्तैगरी, संस्थाको मोवाईल एप्सबाट धेरै कारोवार गर्ने सदस्य काजीराम श्रेष्ठ, सामाजिक, शैक्षिक तथा राष्ट्रिय योगदान गर्ने ब्यक्तिहरु मध्य प्राडा लेखनाथ शर्मा र कल्पना श्रेष्ठ, जेष्ठ सदस्य शिवहरी अर्याल र पाकुली तामाङ्गलाई समेत सम्मान गरिएको छ ।

    स्थापना दिवसकै अवसरमा विशेष जेष्ठ सदस्य गोवर्धन आचार्य र विष्णु प्रसाद श्रेष्ठलाई नगद ५ हजार, हर्लिक्स, सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरिनुका साथै असहाय एवं विपन्न विद्यार्थीहरु अस्मक वस्नेत र शिव फेवालीलाई पनि नगद ५ हजार सहयोग प्रदान गरिएको छ ।
    संस्थाले स्थापना दिवसको अवसर पारेर महेन्द्र मावि कुन्दुरटार र तारा मावि छेपेटार तथा मनकामना बहिरा आवासीय मावि टक्सारमा अध्ययनरत विद्यार्थीहरुलाई स्टेशनरी सामग्रीका साथै कक्षा ९ देखि कक्षा १२ सम्मका विद्यार्थीहरुलाई सहकारी शिक्षा र वित्तीय साक्षरताको कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए ।

    संस्थाका अध्यक्ष रामबाबु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गोरखा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष विष्णुप्रसाद श्रेष्ठ, विशेष अतिथिहरु जिल्ला सहकारी संघका सचिव मेनबहादुर अधिकारी र गोरखा जिल्ला बचत संघ लि.का ओमबहादुर श्रेष्ठ तथा सल्लाहकार गोवर्धन आचार्यले शुभकामना मन्तब्य राखेका थिए ।

    गाेरखा नगरपालिका स्तरीय साकाेसमा २ हजार ७१६ जना सदस्य आबद्ध रहेकाे छ भने हालसम्म ४५ कराेड ११ लाखभन्दा बढी वासालात भएकाे संस्थाले जानकारी दिएकाे छ ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बिहिबार, फागुन १५, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.