काठमाडौं । नेपाली बजारमा आज साताकाे पाँचाैं दिन बिहीबार सुनको भाउ तोलामा २०० रुपैयाँ घटेको छ ।
सुनकाे भाउ घटेसंगै नेपाली बजारमा बिहीबारका प्रतितोला १ लाख ७० हजार ३०० रुपैयाँ काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
त्यस्तैगरी, आजै चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेर १ हजार ९४५ रुपैयाँ काराेबार भएकाे महासंघले जनाएकाे छ ।



