गोरखा । उत्तरी गोरखाको घ्याच्चोकमा बाटो खन्ने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर स्काभेटर चालकको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा तनहुँ जिल्ला आँबुखैरेनी गाउँपालिका–६ घुमाउने घर भएका ४५ बर्षका रामबहादुर आले भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्रप्रसाद सुवेदीले बताए ।
उनका अनुुसार अजिरकोट गाउँपालिका–१ घ्याच्चोकको चिस्याङमा रहेको कालिका हाईड्रोपावरमा जाने बाटो खन्ने क्रममा हिजो बुधबार बिहान ११ः५५ बजेको समयमा माथिबाट अचानक ठुलो ढुङ्गा खसेर लाग्दा ज्यान गएको थियो ।
चालक आलेको घटना स्थलमा नै ज्यान गएको हो । बाग्मती प्रदेश ०६–००१ क् ०१३१ नम्बरको स्काभेटमा समेत क्षती पुगेको सूचना अधिकारी सुवेदीले जानकारी दिए ।




















