गोरखा । नेपाली कांग्रेस केन्द्रिय कार्यालयले स्थानीय तह समन्वय विभागमा गोरखा सिरानचाेकका राजु गुरुङलाई मनोनित गरेको छ ।सभापति शेरबहादुर देउवाले तात्कालिन सिरानचोक गाउँपालिकाका अध्यक्ष गुरुङलाई मनोनित गरेका हुन् ।
नेपाली कांग्रेसकाे केन्द्रिय कार्यालयले प्रेस विज्ञप्ति जारी गरी पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य श्री मधु आचार्यको नेतृत्वमा विभाग गठन गरेको जनाएको छ । सो विभागको सदस्यमा गोरखाका गुरुङलाई पनि मनोनित गरेको विज्ञप्तिमा जनाइएको छ ।
साथै अन्य सदस्यहरुमा गीता सत्याल (ललितपुर), उमा थापा (बाँके), विनोद यादव (महोत्तरी), रविन राई (मोरङ), हेमराज लामिछाने (चितवन), पुरुषोत्तम नेपाल (काभ्रेपलाञ्चोक), बाबुकृष्ण सापकोटा (धादिङ), गोरखबहादुर सुनार (जुम्ला), निर्प खड्का (कैलाली) रहेका विज्ञप्तिमा उल्लेख छ ।





















