काठमाडाैं । साताकाे तेस्राे दिन पनि नेपाली बजारमा सुनको भाउ बढेको छ ।
मंगलबार सुन प्रतितोला ५०० रूपैयाँ बढेर ताेलाको १ लाख ७१ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
यसैगरी, आज सुनकाे भाउ बढेपनी चाँदीको भाउ भने घटेको छ । चाँदी ताेलामा १५ रुपैयाँले घटेर १ हजार ९७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।
सुनकाे मुल्य नेपाली बजारमा अहिलेसम्मकै उच्च मुल्य हाे ।



