काठमाडाैं । साताकाे दाेस्राे दिन पनि नेपाली बजारमा सुन र चाँदीको भाउ बढेको छ ।
साेमबार प्रतितोला ५०० रूपैयाँ बढेर ताेलाको १ लाख ७० हजार ८०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
यसैगरी, आज सुनकाे भाउ संगै चाँदीको भाउ पनि बढेकाे छ । चाँदी ताेलामा १५ रुपैयाँले बढेर १ हजार ९८५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।



