काठमाडाैं । साताकाे पहिलाे नेपाली बजारमा सुनको भाउ बढेको छ ।
आइतबार प्रतितोला ३०० रूपैयाँ बढेर ताेलाको १ लाख ७० हजार ३०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
यसैगरी, आज सुनकाे भाउ बढेपनी चाँदीको भाउ भने घटेको छ । चाँदी ताेलामा २० रुपैयाँले घटेर १ हजार ९७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ९३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।



