गोरखा । बारपाक सुलिकोट गाउँपालिका–५ को लाकुरीबोट गाउँका १ जना स्थानिय समाजसेवीले गुठीको लागि ३ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।
स्थानिय स्तरमा रहेको शिव गुठीलाई हरिजंग दुवाडीले ३ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको गुठीका अध्यक्ष ज्ञानेन्द्र खड्काले जानकारी दिए ।
उनका अनुसार गुठीलाई सामाजिक कार्य गर्ने गरी दुवाडीले उक्त रकम सहयोग गरेका हुन् ।
दुवाडीले यस अघि पनि स्थानिय स्तरमा रहेको संत्सघ भवनकोलागि आवश्यक पर्ने विभिन्न कार्यका लागि १ लाख ७० हजार रुपैयाँ उपलब्ध गराएको स्थानिय मधुकर खड्काले जानकारी दिए ।




















