काठमाडौं । साताकाे तेस्राे दिन पनि नेपाली बजारमा सुनको भाउ बढेको छ ।
सुनको भाउ ताेलामा १ हजार १०० रुपैयाँ बढेर तोलाकाे १ लाख ७० हजार ५०० रुपैयाँमा काराेबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
यस्तैगरी, चाँदीको मूल्य १५ रुपैयाँले बढेर १ हजार ९८५ रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएको छ ।



