काठमाडौं । नेपाली बजारमा आज पनि सुनकाे भाउ बढेकाे छ ।
अन्तरराष्ट्रिय बजारमा भएको उतारचढावसँगै नेपाली बजारमा आज सुन ताेलामा ७०० रुपैयाँ ले बढेर ताेलाकाे १ लाख ६९ हजार ४०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी साेमबारकै तुलनामा प्रतितोला १ हजार ९७० मा कारोबार भइरहेको छ ।



