काठमाडौं । साताकाे दाेस्राे दिन साेमबार पनि सुनको भाउ बढेको छ ।
नेपाली बजारमा सुनकाे भाउ ताेलामा १ हजार २०० रुपैयाँले बढेसंगै १ लाख ६८ हजार ७०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तैगरी, आजै चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर १ हजार ९७० मा काराेबार भएकाे महासंघले जनाएकाे छ ।
आज अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस २ हजार ९०० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।



