काठमाडाैं । गएकाे साता दैनिक रुपमा उकालाे लागेकाे सुन आज नेपाली बजार खुल्नासाथ ओरालाे लागेकाे छ ।
साताकाे पहिलाे दिनमा नै सुनको भाउ ताेलामा २ हजार ७० रुपैयाँले घटे १ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तैगर, आजै चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार ९५५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।



