काठमाडाैं । केही दिनदेखी लगातार उकालाे लागेकाे सुनको भाउ आज पनि ४०० रुपैयाँले बढेको छ ।
सुन तोलामा ४०० रुपैयाँले बढे संगै १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तैगरी, आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ९७० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।



