काठमाडाैं । साताकाे पाँचाैं दिन आज बिहीबार नेपाली बजारमा सुनको भाउ बढेको छ । सुनकाे भाउ आज आज एकैदिन तोलामा २ हजार ३०० रुपैयाँले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
तोलामा २ हजार ३०० रुपैयाँले बढेसंगै तोलाको १ लाख ६९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
त्यस्तैगरी, आजै चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेर १ हजार ९६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।




















