काठमाडाैं । साताकाे तेस्राे दिन आज पनि सुनको भाउ बढेको छ ।
सुनकाे भाउ आज ६०० रुपैयाँले बढेर तोलाको १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तैगरी, आज सुनकाे भाउ बढेपनी चाँदीको भाउ भने घटेको छ । चाँदी ताेलामा ३० रुपैयाँले घटेर १ हजार ९४५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।




















