काठमाडाैं । नेपाली बजारमा साताकाे दाेस्राे दिन आज सुनको भाउ आज एकैदिनमा १ हजार ४०० सय रुपैयाँले बढेको छ ।
सुन बढेसंगै तोलाको १ लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तैगरी, आजै चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार ९७५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।



