काठमाडाैं । साताकाे पाँचाैं दिन आज बिहीबार पनि नेपाली बजारमा सुनको भाउ बढेकाे छ ।
सुन आज ताेलामा १ हजार ६०० रुपैयाँले बढेर १ लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तैगरी, आजै चाँदीको भाउ पनि ताेलामा ५ रुपैयाँले बढेर १ हजार ९८० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।



