काठमाडाैं । अण्डाको खपत बढेसँगै मूल्य बढाउने तयारीमा रहेकाे छ । मंगलबारदेखि लागु हुने गरी अण्डाको मूल्य बढाउने निर्णय भएकाे नेपाल लेयर्स कुखुरापालक संघले जनाएकाे छ ।
संघले नेपाली बजारमा मध्यम, ठूलो र एक्स–एल गरी ३ आकारका अण्डा बिक्री गर्दै आएकाे छ । भाेलीबाट न्यूनतम प्रतिक्रेट १५ रूपैयाँदेखि अधिकतम ३० रूपैयाँका दरले अण्डाको मूल्य बढ्ने संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए ।
अहिले बजारमा प्रतिक्रेट मध्यम ३५५ ठूलो अण्डा ३७० र एक्स–एल अण्डा ३८५ रूपैयाँमा बिक्री भइरहेकाे छ ।



